आइतबार
१ मङ्सिर
२०७६

दशैं सकिनै लाग्दा सुनको मूल्यमा ओरालो लाग्न सुरु, हेर्नुहोस् आजको भाउ

आइतबार असोज २६, २०७६/ Sunday 10-13-19

काठमाडौं । दशैं सकिनै लाग्दा सुनचाँदीको मूल्य पनि घट्न थालेको छ । साताको पहिलो दिन आइतबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।

गत शुक्रबार ७० हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ आइतबार तोलामा तीन सय रुपैयाँले घटेर ७० हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले घटेर ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने गत शुक्रबारकै मूल्य प्रतितोला ८४५ रुपैयाँमा किनबेच भइरहेको छ ।