शुक्रबार
२३ श्रावण
२०७७

भिम रावल संगै संसदमा गर्जिए गगन थापा, भारत विरुद्द लड्न सरकारलाई चेतावनी (भिडियो)

आइतबार बैशाख २८, २०७७/ Sunday 05-10-20

काठमाडौ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आज नेपाली कांग्रेसका नेता संगै नेकपाका नेताहरुले समेत नेपालको भूमि अतिक्रमणको विषयमा चर्को आवाज उठाएका छन् र सरकारलाई चेतावनी समेत दिएका छन् ।

नेकपाका नेता भिम रावलले सरकारलाई प्रश्न गरेका छन्, "भारतले नेपाली सिमा अतिक्रमण गरिरहेको बेला सरकारलाई के कुराले आफ्नो कदम चाल्न गाह्रो परेको छ हामी जान्न चाहन्छौ । भारत विरुद्द यस विषयमा उत्रिन र आफ्नो भूमि फिर्ता माग्न किन सरकारले सकिरहेको छैन ? आखिर किन सरकार यत्ति लाचार भएको छ यस विषयमा ? चाँडो भन्दा चांडो यस विषयलाई समाधान गर्न आग्रह गर्छु ।"

भिम रावलले आफ्नो आवाज उठाएसंगै नेपाली कांग्रेसका नेता गगन थापाले समेत आवाज उठाएका छन् । नेपालले कहिले भारतसंग प्रष्ट बोल्ने र भारतको दादागिरी विरुद्द आफ्नो कदम चाल्ने ? भारतको दादागिरी विरुद्द बोल्न सरकारसंग नेपाली कांग्रेस देखि नेपाली जनता सधै साथ छन् । तर यो समस्या चाँडो भन्दा चाँडो हल गर्नुपर्यो ।"