आइतबार
१ मङ्सिर
२०७६

अमेरिकामा कार दुर्घटना हुँदा २ जना नेपालीको ज्यानगयो, एकको अवस्था गम्भिर

सोमबार असोज २७, २०७६/ Monday 10-14-19

बोस्टन– अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपालीको ज्यानगएको छ । शनिबार राति  अमेरिकाको ओहायोको कोलम्बसमा टोयोटा क्याम्रीसँग ठोक्किदा भएको दुर्घटनामा दुई जना नेपालीको ज्यानगएको हो । भने चार जना घाइते भएका हुन् ।

ज्यानजानेमा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्मा रहेका छन् । त्यस्तै उक्त दुर्घटनामा घाइते भएकी २२ वर्षीया सिर्जना विश्वकर्माको माउन्ट कार्मल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उनको अवस्था गम्भिर रहेको जनाइएको छ ।