आइतबार
१ मङ्सिर
२०७६

स्याउ खानाले हुन्छ, यस्ता आश्चर्यजनक फाइदा 

सोमबार असोज २७, २०७६/ Monday 10-14-19

यूएसडीएले करीब एक सय प्रकारका खानामा गरेको परीक्षण अनुसार एन्टि अक्सिडेन्टको मात्राको आधारमा स्याउ १२ औँ स्थानमा पर्न सफल भएको छ  । एन्टिअक्सिडेन्ट रोगसंग लड्न चाहिने पदार्थ हो । यो बाहेक स्याउमा प्रसस्त पाइने ‘प्याक्टिन’ नामक फाइबर पनि शरीरको लागि धेरै नै फाइदाजनक मानिन्छ ।
स्याउका फाइदा यस्ता छन्
सेतो र स्वस्थ दाँत : स्याउ चपाँउदा र टोक्दा निस्कने रयालले दाँत सड्नबाट बचाउनुको साथै ब्याक्टेरियाको संख्या घटाउछ ।

एल्जाइमर हुन दिदैन  : स्याउले मस्तिस्कलाई बुढो हुन दिदैन र हरदम स्वस्थ र तन्दुरुस्त राख्छ ।

डायबीटीज हुन दिदैन  : हरेक दिन एक दाना स्याउ खाने मानिसमा टाइप २ डायबीटीज हुने सम्भावना २८ प्रतिशतले कम हुन्छ ।

कोलेस्टेरोल घटाउँछ  : स्याउमा पाइने घुलनसिल फाइबर आन्द्राको चिल्लो पदार्थसंग बाधिन्छ र शरीरमा कोलेस्टेटोलको मात्रा कम हुन्छ ।

स्वस्थ मुटु  : स्याउमा पाइने फाइबरले धमनीका भित्ताहरुमा कोलेस्टेरोल जम्न नदिइ रक्तसञ्चारलाई स्वस्थ बनाई राख्छ ।
पित्तथैलीको पत्थरी  : पित्तथैलीमा भएको पित्तमा कोलेस्टेरोलको मात्रा बढी भएमा त्यो जम्न गई पत्थरी हुन्छ । स्याउ खाँदा त्यसमा भएको फाइबरले कोलेस्टेरोलको मात्रा घटाई पित्तथैलीको पत्थरी हुन दिदैन ।

झाडा पखला तथा कब्जियत स् स्याउमा भएको फाइबरले झाडा पखलाको बेला धेरै पानी सोसी झाडा पखला नियन्त्रण गर्छ । त्यसैगरी कब्जियत भएको बेला त्यहि फाइबरले कोलनबाट पानी तानी कब्जियत निकोपार्न मद्दत गर्छ । 

तौल नियन्त्रण स् धेरै नसर्ने रोगहरु जस्तै मुटुरोग उच्चरक्तचाप मधुमेह आदि शरीरको तौलसंग सम्वन्धीत हुन्छ । स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

कलेजोको शुद्धिकरण स्  शरीरमा छिर्ने खानामा धेरै विषालु पदार्थहरु रहेका हुन्छन् । त्यसलाई शरीरको रक्तसञ्चार प्रक्रियासम्म पुग्नबाट रोक्ने काम कलेजोले गर्छ । जसले गर्दा कलेजोमा विषालु पदार्थ भरिएको हुन्छ । स्याउ एक त्यस्तो फल हो जसले कलेजोलाई शुद्ध र सफा गर्न मद्दत गर्छ ।

रोेगप्रतिरोधात्मक क्षमता स् स्याउमा पाइने क्यूएरसेटिन नामक एन्टी अक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।