आइतबार
१ मङ्सिर
२०७६

नायिका शिल्पा पोखरेलले यसपालि दशैं निर्देशक सम्झना उप्रेतीकहाँ मनाइन्

सोमबार असोज २७, २०७६/ Monday 10-14-19

काठमाडौं । पति छविराज ओझाविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दिएर एकाएक गायब बनेकी नायिका शिल्पा पोखरेल विस्तारै सार्वजनिक कार्यक्रममा देखिन थालेकी छन् । प्रहरीको ‘फरार’ सूचीमा रहेकी शिल्पा केही दिनअघि एउटा म्युजिक भिडियो सुटिङमा देखिएकी थिइन् ।

उच्च अदालत पाटनको आदेशबाट पक्राउ पर्नबाट बचेकी शिल्पाले यसपटक दशैं निर्देशक सम्झना उप्रेती रौनियारको घरमा मनाएकी छन् । सम्झनाका श्रीमान् फोटोग्राफर विकास रौनियारलाई शिल्पाले दाजु मान्दै आएकी छन् । उनले भाइटीका पनि लगाउने गरेकी छन् । यसपटक श्रीमान्सँग अलग बसेकी शिल्पाले विकास र सम्झनाको हातबाट दशैंको टीका लगाएकी हुन् ।

छवि र शिल्पाविरुद्ध अदालतमा मुद्दा छ । दुवैलाई बहुविवाह गरेको मुद्दा परेकाले अहिले फरार छन् ।