बिहीबार
२२ जेठ
२०७७

भारतलाई माया गर्ने, सेनालाई काम गर्न नदिने अब के गर्न खोजेको भन्दै भिम रावल गर्जिए संसदमा (भिडियो)

मंगलबार बैशाख ३०, २०७७/ Tuesday 05-12-20

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रलाई केन्द्रीत भएर बजेट आउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेता रावलले कोरोनाको सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा सिद्धान्त र चुनौतीहरु केन्द्रीत गरी बजेट ल्याउनुपर्ने बताएका छन् । देश र जनता सुरक्षीत नभइ कुनै पनि काम अगाडी बढ्न नसक्ने उल्लेख गर्दै राववले नेपालको भूमि भारतले अतिक्रमण गरेको विषयमा पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएको बताए ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सिद्धान्तका छलफलमा आफ्नो धारणा राख्दै रावलले कालापानी क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउने विषयमा उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । त्यहाँ सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिनुपर्ने भएपनि अहिलेम्म कुनै काम सुरु नभएको उनले बताएका छन् । पञ्चायत कालमा समेत दार्चुलाको सीतापुलमा भारतीय र तिंकरमा चीनसँगको भन्सार विन्दु सञ्चालन रहेपनि अहिले सबै भन्द रहेको तर्फ उहाँले सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोना संक्रमण रोक्ने सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको व्यवस्थापन नै हुन नसकेको भन्दै रावलले भौतिक संरचना निर्माण लगायत व्यक्तिगत आवश्यक उपकरणहरुको प्रवन्ध गर्ने नीति अघि सार्न आग्रह गरेका छन् ।

उनले भने, ‘‘कालापानी क्षेत्रमा नेपाली सेनालाई सडक निर्माण गर्ने जिम्मेवारी दिनुपर्ने थियो भन्ने कुरा बुझेका हौँ । तर अहिलेसम्म काम सुरु भएको छैन् । सीतापुलमा भारत र तिंकरमा चीनसँगको भन्सार पञ्चायतकालमा समेत सञ्चालनमा थियो । नीति र सिद्धान्त राष्ट्रिय सुरक्षामा केन्द्रीत हुन्छ भने यी कुराहरुलाई केले रोकेको छ ।’’

ग्रामिण क्षेत्रमा उत्पादन हुने तरकारी सडेर जाने अवस्थामा भारतबाट ट्रकका ट्रक सडक नेपाल भित्रिरहेको उल्लेख गर्दै रावलले बजेटमा यी कुराहरु समेट्न गम्भिरता देखाउनुपर्ने बताएका छन् ।

सरकारले समाजवाद उन्मुख अर्थतन्त्र र कल्याणकारी राज्यको सिद्धान्तको अवधारणा अघि सारेपनि व्यवहारमा दलाल, नोकरशाही र पूँजीपतिहरुलाई प्रसय दिइएको उनले बताएका छन् ।