आइतबार
१ मङ्सिर
२०७६

रक्सीको तलबाट छुटकरा पाउन खानुस् ज्वानोको झोल 

सोमबार असोज २७, २०७६/ Monday 10-14-19

प्रायजसो सबैको भान्सामा सजिलै पाउने ज्वानो स्वास्थ्यको लागी निकै राम्रो मानिन्छ । यसको बारेमा सबै परिचित भए पनि यसका फाइदाबारे सबैलाई थाहा नहुन सक्छ ।

 सुत्केरी महिलाका लागी अधिक प्रयोगमा ल्याइने ज्वानो निकै पोसिलो मानिन्छ । शिशुले आमाको दूध राम्रोसँग खान पाओस् भनि सुत्केरी महिलालाई समेत ज्वानोको झोल खुवाउने गरिन्छ ।
ज्वानो फाइदा 
कदम लागेका बिरामीले ज्वानोको धुवाँ लिने हो भने श्वास फेर्न सजिलो हुन्छ । ज्वानो र सख्खर मिलाएर दैनिक खाँदा दम रोगबाट राहत पाउन सकिन्छ ।

ज्वानो, मह र चुकको मिश्रण १० दिनसम्म प्रयोग गर्ने हो भने मृगौलाको पत्थरीबाट बच्न सकिन्छ ।

मनतातो पानीमा ज्वानो र थोरै नुन हालेर खाएमा पाचन प्रक्रिया राम्रो हुन्छ । अपचको समस्या निराकरण गर्दै पेट दुखाईबाट लाभ प्राप्त गर्न सकिन्छ । ज्वानो त्यत्तिकै पनि खान सकिन्छ ।
ज्वानोले पाचनप्रक्रिया राम्रो बनाउँछ । जसले नियमित दिशापिसाबमा सन्तुलन ल्याई तौल घटाउन मद्दत गर्दछ ।

रक्सी अम्मलीका लागि ज्वानो एकदमै फाइदाजनक मानिन्छ। ज्वानोमा पनि रक्सीमै हुने तत्व हुने भएकाले राति सुत्नेबेलामा दैनिक ३० देखि ५० मिलिलिटर ज्वानोपानी सेवन गर्नाले रक्सीको तलतल मेटिन सक्छ ।
हैजाको किटाणुमार्न ज्वानोले सहायक भूमिका खेल्दछ । त्यसैकारण हैजा लागेमा ज्वानो सेवन गर्न सकिन्छ ।

जाडोमा रुघाखोकी लाग्नु सामान्य हो । यस्तो अवस्थामा भुटेको ज्वानो खाने हो भने रुघाखोकीबाट छुटकारा पाउन सकिन्छ । मनतातो पानीमा ज्वानो चपाएर समेत खान सकिन्छ । 
पेटमा भएको विकारयुक्त ग्यासबाट मुक्ति पाउन ज्वानो सेवन गर्न सकिन्छ । यसले पेटको ग्यास र विकारबाट तुरुन्त राहत दिन्छ ।