आइतबार
१ मङ्सिर
२०७६

 बहिनी कृष्णासँग मिलेर नयाँ प्रोजेक्टको सुरुवात गर्दै टाइगर श्राफ

सोमबार असोज २७, २०७६/ Monday 10-14-19

एजेन्सी - पछिल्लो समय बलिउडमा एक्सन स्टार टाइगर श्राफ र  ऋतिक रोशनको फिल्म ‘वार’ ले धमाका नै मच्चाएको छ । हालसम्म २५० करोड भन्दा बढी कमाई गरिसकेको यस फिल्मको अहिले निकै चर्चा छ । यसै चर्चाको बिचमा एक्सन स्टार टाइगर श्राफको पनि निकै तारिफ गरिएको छ । यस फिल्मले टाइगर श्राफको करियरमा नौलो रेकर्ड कायम गरेको छ । भारतिय मिडियाका अनुसार अहिले एक्सन स्टार टाइगर श्राफ एउटा नयाँ प्रोजेक्टको तयारीमा लागेका छन् ।

फिल्म वारको सफलतासँगै उनी नयाँ प्रोजेक्टको तयारीमा जुटेका छन् । उनको नयाँ प्रोजेक्टमा उनकी बहिनी कष्णा पनि रहने बताइएको छ । यो टाइगर श्राफको निजी जीवन र परिवारसँग जोडिएको  बताइएको छ । दुबै जनाले एमएमए म्याट्क्सि जीम खोल्ने तयारीमा रहेको जनाइएको छ । देशभर जीमको शाखा विस्तार गर्ने सोचका साथ टाइगर श्राफ र कृष्णाले १३ अक्टुरमा एक अर्को जीम खोल्दैछन् ।