आइतबार
१ मङ्सिर
२०७६

राजविराज नगरपालिकाले आज सम्पूर्ण कार्यालय बन्द गर्ने 

सोमबार असोज २७, २०७६/ Monday 10-14-19

सप्तरी, राजबिराज नगरपालिकाले आज आफ्ना सबै प्रशासनिक कामहरू बन्द गरी वार्ड अधक्ष्य शिव नारायण यादवको निधनमा शोक गर्ने निर्णय गरेको छ। नगरपालिका मेयर शम्भुप्रसाद यादवले शिव नारायण यादवको निधनले सम्पूर्ण नगरवासीलाई दुखी बनाएको भन्दै आज जारी गरेको एक शोक पत्रमा उल्लेख छ।  यस दुखको क्षणमा  नगरपालिकाले आज नगरपालिका अन्तर्गत कार्यालय र अन्य कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। लामो समयदेखि बिरामी रहेको नगरपालिका १२ का वार्ड अधक्ष्य  यादवको शुक्रबार निधन भयो हो। उनी राष्ट्रिय जनता पार्टी नेपालबाट स्थानीय स्तरको चुनावमा यस पदमा निर्वाचित भएका थिए। रासस