आइतबार
१ मङ्सिर
२०७६

 भाइरल गर्ल तरकारीवालीको पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियो)

सोमबार असोज २७, २०७६/ Monday 10-14-19

काठमाडौं - सामाजिक सञ्जालमा भाइरल बनेकी तरकारीवालीको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक विकास चौधरी र चन्दा घिसिङको सुमधुर स्वरमा ‘कान्छा कान्छी’ बोलको गीत आइतबार सार्वजनिक भएको हो । गीतमा शब्द आरएल मोक्तानको संगीत विकास चौधरीको रहेको छ ।  

गीतको भिडियोमा केही वर्षअगाडि सामाजिक सञ्जालमा भाइरल भएकी कुशुम श्रेष्ठले अभिनय गरेकी छिन् । यस गीतको भिडियोलाई आरएल मोक्तानको निर्देशन गरेका छन् भने विक्रम कार्कीको छायांकन रहेको छ । गीतको भिडियोलाई कृष्ण पाण्डेले सम्पादन गरेका छन् । भिडियोमा  निर्देशक मोक्तान र  कुसुमको अभिनय रहेको छ ।