शनिबार
१७ जेठ
२०७७

कार्य सिद्धि गर्न दायाँ र विघ्नबाधा हटाउन बायाँ सुड भएको गणेश पूजा गर्नुहोस्, कुन स्थानमा राख्ने ?

सोमबार जेठ ५, २०७७/ Monday 05-18-20

काठमाडौं । कार्य सिद्धिका लागि दायाँ र विघ्नबाधा हटाउन का लागि बायाँ सुड भएको गणेश भगवानको पूजा गर्नु पर्ने नियम रहेको छ । भगवान् गणेशको पूजा  तथा दर्शन विभिन्न विभिन्न प्रकारका प्रतिमा तथा मूर्तिमा गर्ने विधान शास्त्रमा उल्लेख गरिएको छ । आम मानिसले विशेषगरी दायाँ तथा बायाँ सुड भएको गणेशको पूजा गर्ने प्रचलन रहिआएको छ ।

शास्त्रका अनुसार गणेश भगवानको पूजा कार्य सिद्धिको कामना सहित  गर्नका लागि दायाँ सुड भएको गणेश तथा  विध्न बाधा हटाउनका लागि भने बायाँ सुड भएको गणेशको प्रतिमामा पूजा  तथा दर्शन गर्नु पर्ने विधान रहिआएको छ। मंगलबार गणेश भगवानको बारका रुपमा लिने गरिएको छ ।

पछिल्लो समयमा मानिसले घरको प्रवेशद्वारमा गणेशको प्रतिमा या मुर्ति स्थापना गर्ने प्रचलन बढी रहेको छ । यसरी स्थापना गर्दा नियम विपरीत हुन गएमा सकारात्मक भन्दा नकारात्मक तरङ्ग घरमा प्रवाह हुने हुँदा शास्त्रको नियम अनुसार नै गर्नु पर्ने वास्तुविद्हरुले जानकारी गराएका छन् । 

कस्तो मोहोडा भएको घरमा कुन गणेशको स्वरुप स्थापना गर्ने भन्ने जानेर मात्रै गर्नु राम्रो हुन्छ ।शास्त्रमा रक्त वर्ण भएको गणेश, श्वेत अर्थात सेतो कलर भएको गणेश लगाएत १२ प्रकारका रुपको वर्णन गणेश पुराणमा गरिएको छ ।

यदि हाम्रो घरको मुख्य प्रवेश द्वारमा कुनै पनि प्रकारको दोष भएको अवस्थामा गणेशको प्रतिमा द्वारा उक्त दोष निवारण गर्ने समेत सकिन्छ । दोष निवारणका लागि भित्र पस्दा दायाँ सुड भएको गणेशको प्रतिमा लगाउनु पर्छ भने  भित्र बाट बाहिर निस्कदा बायाँ सुड भएको सुड लगाएमा कुनै पनि प्रकारको मेन डोरमा हुने वास्तु दोष निवारण गर्न सकिने शास्त्रमा उल्लेख गरिएको छ ।

यसरी स्थापना गरिएको प्रतिमा तथा आकृतिले बाहिरको सकारात्मक ऊर्जा भित्र प्रवेश हुन्छ भने बायाँ सुड भएको गणेशको प्रतिमाका कारणले घरभित्र भएका जतिपनि नकारात्मक ऊर्जाहरु छन् ती सबै घर बाहिर निस्कने हुँदा मेन डोरमा भएको वास्तु दोष हटाउन सकिने वास्तुविद्हरुले जानकारी गराएका छन् ।

यसरी स्थापना गरेमा हरेक प्रकारका वास्तु दोष निवारण हुने र उक्त भवनमा सकारात्मक उर्जा प्रवाह हुने हँुदा मानिसको सोच अनुसार हरेक प्रकारका कार्य सिद्धि हुँदै जाने जानेछन् । यदि तपाईंको घरमा हरेक दिन कुनै न कुनै समस्या देखा परिरहन्छ भने यसरी दोष निवारण गर्नु भयो भने शुभ हुने छ ।

यदि सुरुमा राम्रो संग चलिरहेको व्यापार व्यवसाय कुनै कारणले एक्कासी रोकिनु तथा विस्तारै घट्दै गएको अवस्थामा पनि उक्त कार्य गरेमा सकारात्मक तरिकाबाट पुनस् पहिलेकै अवस्थामा आउने वास्तुविद् हरुले सुझाव दिएका छन् ।

कसैलाई आफ्नो कार्य स्थलबाट घर फर्कदा रिस उठ्ने घरका परिवारले गरेको व्यबहार मन नपर्ने तथा श्रीमान् श्रीमतीको दिन दिनै जसो झगडा हुने अवस्थामा पनि उक्त कार्य गरेका कुनै पनि नकारात्मक उर्जाका कारणले भएको रहेछ भने यसरी स्थापना गरेमा विस्तारै  हटेर जाने र सकारात्मक उर्जा भरिँदै जाने वास्तुविद् हरुले जानकारी गराएका छन् ।

(लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन् । उनी दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव पनि हुन । उनकाे सम्पर्क नम्बर ९८५१०६११२४ र  rijal.suresh123@gmail.com रहेकाे छ)