बिहीबार
२२ जेठ
२०७७

जर्मन बुन्डेसा लिगा : वायर लेभरकुजेनको सानदार जित

मंगलबार जेठ ६, २०७७/ Tuesday 05-19-20

काठमाडौं - सोमबार राति जर्मन बुन्डेसा लिगा अन्तर्गत भएको खेलमा वायर लेभरकुजेनले सानदार जित निकालेको छ। निकै रोमान्चक बनेको उक्त खेलमा लेभरकुजेनले वेर्डर ब्रेमेनलाई ४-१ गोलले हराउन सफल भएको हो । उक्त खेलमा लेभरकुजेनलाई जित दिलाउन काइ हाभर्टले २ गोल गरेका थिए चने वेइजर र डिमिर्बेले १-१ गोल गरेका थिए । उक्त खेलको 

२८ औ मिनेटमा हाभर्टले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३३ मिनेटमा हाभर्टले  नै गोल गरी टिमलाई अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ६८ औ मिनेटमा वेइजरले गोल गरे चने खेलको ७२ मिनेटमा डिमिर्बेले गोल गरि टिमलाई जित दिलाए । 

जितसँगै लेभरकुजेन पाँचौ स्थानमा छ। लेभरकुजेन २६ खेलबाट ५० अंक जोड्न सफल भएको छ ।