आइतबार
१८ जेठ
२०७७

युभेन्टसको टिमसँगै प्रशिक्षणमा सामेल भए रोनाल्डो 

बुधबार जेठ ७, २०७७/ Wednesday 05-20-20

काठमाडौं - विश्व चर्चित खेलाडी तथा पोर्चुगिजका स्टार क्रिस्टियानो रोनाल्डोले प्रशिक्षण शुरु गरेका छन् । उनी युभेन्टसको टिमसँगै प्रशिक्षणमा सामेल भएका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण रोकिएका खेल गतिविधिहरु विस्तारै शुरु हुन थालेका छन् । 

यस्तै अब इटालियन सिरी ‘ए’ सुरु हुने भएपछि रोनाल्डो प्रशिक्षणमा लागेका हुन् । यसैका लागि उनी १६ दिनअघि पोर्चुगलको मडेरियाबाट विमानमा इटाली पुगेका थिए । इटाली पुगेपछि उनी क्वारेन्टाइनको नियम पालना गरि मंगलबारदेखि टिमसँगको प्रशिक्षणमा सामेल भएका हुन् ।