बिहीबार
२२ जेठ
२०७७

प्रिमियर लिगका ६ खेलाडीमा देखियो कोरोना संक्रमण

बुधबार जेठ ७, २०७७/ Wednesday 05-20-20

काठमाडौं - प्रिमियर लिगका ६ खेलाडीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका खेलाडीहरु सात दिन सेल्फ आइसोलेसनमा बस्ने बताइएको छ । प्रिमियर लिगमा वाटफोर्डका एक खेलाडी, दुई कर्मचारी र बर्नलिका सहायक प्रशिक्षक इयान बोएनलाई कोरोनाको संक्रमण देखिएको हो । 

विश्वव्यापी रुपमा फैलिएको यो कोरोनाभाइरसका कारण रोकिएको प्रिमियर लिग फेरि शुरु गरिने बताइएको छ । यसैक्रममा १९ क्लबका खेलाडी र कर्मचारीसहित ७ सय ४८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।