बिहीबार
२२ जेठ
२०७७

'कुछ कुछ होता है' मा शाहरुखकी छोरी बनेकी सना भइन् यति हट

बुधबार जेठ ७, २०७७/ Wednesday 05-20-20

एजेन्सी - बलिउड अभिनेत्री सना सईद पछिल्लो समय चर्चामा आउन थालेकी छिन् । फिल्म ‘कुछ कुछ होता है’ मा शाहरुख खानको छोरीको भूमिका निभाएकी उनी अहिले धेरै ठुली भइसकेकी छिन् । सानो उमेरदेखि नै अभिनय शुरु गरेकी सना तस्बिरमा हट देखिएकी छिन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने सनाले आफ्ना तस्बिरहरु शेयर गरिरहने गर्छिन् ।

सामाजिक सञ्जालमा उनको त्यो बालापनको तस्विर र जवानिको तस्विरलाई धेरैले मन पराएका छन् । सनाले ‘कुछ कुछ होता है’ बाहेक ‘बादल’ र ‘हर दिल जो प्यार करेगा’ जस्ता फिल्ममा काम गरिसकेकी छन् । अहिले फिल्मबाट टाढा चएपनि सामाजिक सञ्जालमा भने आफ्ना तस्बिरहरु शेयर गरिुरहने गर्छिन् ।