बिहीबार
२२ जेठ
२०७७

उदितनारायण झा र मनिषा कोइरालासँग यही कारण भिन्नता छ

बिहीबार जेठ ८, २०७७/ Thursday 05-21-20

मनिषा कोइराला र उदित नारायण झा दुवै भारतमा जन्मेका हुन , उदित विहारमा अनि मनिषा बनारसमा। उनीहरूलाई भारतिय भूमिमा जन्मदिनु उनीहरूका अभिभावकको बाध्यता थियो । मनिषाको परिवार राजनीतिक कारणले भारतमा निर्वासित थियो भने कोशीको बाढीको डरले सप्तरी भारदहको उदितनारायणको परिवार उदितकि आमाको माइति कोशी पारि विहारमा आश्रय लिइ रहेको थियो। बाढीको डर घटेपछि उदितको परिवार नेपाल फर्कियो । 

बेला बखत माइती मावली आउनु जानु स्वभािवकनै हो। उदित नेपालमै हुर्किए, रेडियो नेपालमा जागिर खाए ,खुव राम्रा गितहरू गाए ।वर्षमा एउटा पनि चलचित्र नबन्ने बेलामा बनेका चलचित्रहरूमा गीत गाउने माैका पाए । कुनै बेला सप्तरीको भारदह उदितको घरको कारणले प्रसिद्ध थियो । थप अवसरको खोजीमा भारतीय राजदूतावासले प्रदान गरेको छात्रवृत्ति प्राप्त गरेर भारत गए अनि केही समय संघर्ष गरेपछि भारतीय चलचित्र उद्योगमा पाश्वर्व गायकको रूपमा स्थापित भए। 

त्यसपछिका दिनमा उनले कहिल्यै खुलेर प्रष्ट रूपमा म नेपाली हु भनेर भनेनन् । पहिले पहिले गोलमटोल जवाफ दिन्थे पछि पछि खुलेरै म भारतको विहारमा जन्मिएको हु भन्न थाले। यता मनिषा कोइराला बनारसमै हुर्किन ,पढिन ,बढिन अनि दिल्लीबाट उच्च शिक्षा हासिल गरिन । कलेजको लामो विदामा नेपाल आएका बेला एउटा विग्यापन अनि नेपाली चलचित्र फेरि भेटौलामा अभिनय गरिन । जब हिन्दी चलचित्रमा काम गर्न थालिन उनको परिचय प्रष्ट थियो नेपाली । 

उनी पनि भारतियको सहानुभूति पाउन अथवा राम्रा चलचित्र पाउन म भारतमा जन्मे हुर्केको म त एक प्रकारले भारतियनै हुँ भन्न सक्थिन तर उनले त्यसो कहिल्यै भनिनन्। जसरि उदितनारायणलाई संघर्ष गर्न गार्हो भयो उनलाइ पनि भयो होला त्यस्ता एक से एक विश्व सुन्दरीहरू थिए उनको समयमा उनका समकक्षी ,उनीहरूसंग प्रतिस्पर्धा गर्न। 

यति लामो गन्थनको निचोड, देश बाहिर जन्मिदैमा अथवा कामको सिलसिलामा कुनै देशमा बस्नुको अर्थ आफ्नो आदर्श र स्वाभिमान अनि भक्ति पनि त्यसैमा समर्पण गर्नु होइन भन्ने कुरा मनिषाले प्रमाणित गरेकि छिन । उदित नारायणजीसंग पनि मेरो कुनै गुनासो छैन, राष्ट्र प्रेम आत्माले महशुश गर्ने कुरा हो , त्यो उहाले गर्न सक्नु हुन्न अथवा चाहानु हुन्न भने उहामाथि जवरजस्ति राष्ट्रियभाव जगाउन नेपालीले कसरत गर्नुको कुनै तुक छैन ।