शनिबार
१७ जेठ
२०७७

इन्दिराले गरिन् मनिषाको तारिफ, भनिन् - ‘उनी एक साहासी नारी हुन्’

बिहीबार जेठ ८, २०७७/ Thursday 05-21-20

काठमाडौं - नेपालले लिम्पुयाधिरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा सार्वजनिक गरेपछि अभिनेत्री मनिषा कोईरालाले दिएको अभिव्यक्तिलाई लिएर अहिले भारतिय मिडियाहरुमा उनीमाथि खनिएका छन् । उनले ट्विटमा सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गरेपछि भारतीय मिडियाले  मनिषा कोइरालामाथि तुच्छ गालीगलौज गरेका हुन् । 

भारतिय मिडिया मनिषा कोइरालामाथि गाली गलौजको स्तरमा उत्रिएपछि उनले दिएको अभिव्यक्तिको समर्थनमा यतिबेला नेपाली सेलिब्रेटी एकपछी अर्को गर्दै आएका छन्। यसैक्रममा चर्चित गायिका इन्दिरा जोशीले  मनिषा कोइरालाले नेपालको पक्षमा ट्वीट गरेर सत्यको पक्षमा उभिएको बताएकी छिन् ।

इस्टाग्राममा एक स्टाटस लेख्दै उनले मनिषा आफ्नो अद्भुत अभिनय क्षमताका कारण बलिउडमा थुप्रै योगदान दिएको र आफ्नो देशको पक्षमा बोलेर सही समयमा उचित कदम चाल्ने एक साहासी नारीका रुपमा चित्रण गरेको बताएकी छिन् ।

भनेकी छिन् उनले कैयौ हिट चलचित्र दिएकी छिन् । कर पनि तिरेकी छिन् । यो व्यक्तिगत कुरा होइन, सेवाको आदन–प्रदानको कुरा हो ।’