बिहीबार
२२ जेठ
२०७७

हाम्रो मातृभूमी र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य छैन- बर्षा राउत

बिहीबार जेठ ८, २०७७/ Thursday 05-21-20

लिपुलेक,लिम्पुयाधिरा र कालापानीलाई नेपालले आफ्नो नक्सामा समावेश गरेपछी नेपाल र भारत बीच यतिबेला बैचारिक बहस भैरहेको छ। नेपाली जनता र नेपाली सेलिब्रेटीले सरकारको यो निर्णयको खुलेर तारिफ गरिरहेका छन् । लामो समयबाट चलिरहेको सिमा विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले अग्रगामी कदम चाल्न सफल भएको हो । यहि बीचमा अभिनेत्री मनिषा कोईरालाले गरेको एक ट्वीटले भारतीय संचारमाध्यममा शिर्ष स्थान हासिल गरिरहेको छ । बलिउडस्टार मनिषाले नेपालको पक्षमा आफ्नो आवाज उठाएपछी भारतीय संचार माध्यममा राम्रो स्थान पाइरहेको छ ।

 

भारतीय संचारमाध्यममा यसको चर्को विरोध भैरहदा नेपाली जनता र नेपाली सेलिब्रेटी भने मनीषाको समर्थनमा रहेका छन् । यहि बीचमा अभिनेत्री बर्षा राउतले मनिषाको समर्थनमा स्टाटस पोष्ट गरेकी छिन् । बर्षाले पसिना बेच्न सकिने तर आमा बेच्न नसकिने बताएकी छिन् । 

 

बर्षा लेख्छिन्, 'पसीना बेच्न सकिन्छ, आमा होईन ! मनीषा कोईराला दीदिले आफ्नो आमा माथी हस्तक्षेप सहनु भएन, त्यसैले उहाँले आफ्नो अपमान सँग नडराई मातृभूमीको सम्मान मा उभिनु भयो । आज भारतीय मिडियाले उहाँमाथी गरेको आक्रमण र अपमानको हामी सम्पूर्ण नेपाली चलाचित्रकर्मीले बिरोध गर्न जरुरी छ र मनीषा दीदीको स्वाभिमानलाई अझै मझबुत बनाउन साथ दिन जरुरी छ । हाम्रो मातृभूमी र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य छैन ।'