बिहीबार
२२ जेठ
२०७७

कतारमा कोरोनाको संक्रमणबाट एक नेपालीको मृत्यु

बिहीबार जेठ ८, २०७७/ Thursday 05-21-20

काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण कतारमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका एक युवक रहेका छन् । 

कोरोनाभाइरसका कारण धनुषाका युवकको मृत्यु भएको बारे कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले जानकारी गराएका हुन् । कतारमा कोरोना संक्रमित भएका अन्य नेपालीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको उपचार भइरहेको जनाइएको छ । 

कतारमा हालसम्म कोरोनाको संक्रमणबाट १७ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३८ हजार ६ सय ५१ पुगेको छ । त्यस्तै कतारमा कोरोनाको उपचारपछि  ७ हजार २ सय ८८ जना निको भइसकेका छन् ।