बिहीबार
२२ जेठ
२०७७

बाहुबलीका ‘भल्लालदेव’ले गरे प्रेमिकासँग इन्गेजमेन्ट, बधाईको ओइरो

बिहीबार जेठ ८, २०७७/ Thursday 05-21-20

काठमाडौं - साउथका चर्चित अभिनेता राणा दग्गुबातीले  इन्गेजमेन्ट गरेका छन्। भारतिय मिडियाका अनुसार राणा दग्गुबातीले प्रेमिका मिहिका बजाजसँग इन्गेजमेन्ट गरेका हुन् । बाहुबलीका ‘भल्लालदेव भनेर चिनिने राणाले हैदराबादको एक इन्टेरियर डिजाइनर मिहिका बजाजसँग इन्गेजमेन्ट गरेको बताइएको छ । 

उनले आफुले इन्गेजमेन्ट गरेको बारे सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका हुन् । ट्विटरमा उनले लामो समयको प्रेमसम्बन्ध विवाहमा परिणत गर्न लागेको जानकारी गराएका हुन् । इन्गेजमेन्ट गरेको खबरपछि उनलाई धेरैले बधाई दिएका छन् ।