बिहीबार
२२ जेठ
२०७७

ज्यान लिएको अभियोग लागेका एक नेपालीलाई कतारमा मृत्युदण्ड दिइयो

बिहीबार जेठ ८, २०७७/ Thursday 05-21-20

काठमाडौं - कतारमा रहेका एक नेपालीलाई मृत्युदण्डको सजाय दिइएको छ । महोत्तरी औराही–१,का एक नेपालीलाई मृत्युदण्ड दिइएको जनाइएको छ । उनलाई कतारका उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको ज्यान लिएको अभियोगमा मृत्युदण्ड दिइएको जनाइएको छ । 

ज्यान लिएको अभियोगमा उनी सन् २०१७ अप्रिलको पहिलो हप्तामा पक्राउ परेका थिए । ज्यान लिएको अभियोग मा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला सुनाएको बतायएको छ । 

कतारमा नेपालीलाई मृत्युदण्ड दिइएको यो पहिलो भएको बताइएको छ । महोत्तरीका ती युवा कतारको क्लिनिङ कम्पनीमा कार्यरत रहेका थिए । उनलाई मृत्युदण्ड दिइएकोबारे कतारस्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ।