बिहीबार
२२ जेठ
२०७७

टाइमलाइन स्कुलकी यी विद्यार्थीले ल्याइन् नयाँ नक्साबारे जागरण गीत, ‘डाढे छिमेकी’ कस्ता हुन्छन् ? सुन्नुहोस् (भिडियो)

शुक्रबार जेठ ९, २०७७/ Friday 05-22-20

काठमाडौं । छिमेकी जिउँदाका जन्ती मर्दाका मलामी हुन् । नेपाल र भारत सदियौँदेखि मिलेर बसे पनि भारतले सीमाङ्कनका विषयमा सधैं किचलो गर्दै आएको छ । उसले नेपालका दर्जनौं स्थानमा भूभाग अतिक्रमण गरेको छ ।

हाल आएर नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता भूभाग समेटेर भारतले आफ्नो नक्सा प्रकाशित गरेपछि नेपालले पनि आफ्नो भू–भागहरू समेटेर नयाँ नक्सा प्रकाशित गरेको छ । 

यसै विषयवस्तुलाई आधार बनाएर जोरपाटीस्थित टाइमलाइन विद्यालयका प्रधानाध्यापक रामप्रसाद बडालले लेखेको गीतलाई सोही स्कुलमा पढ्ने छात्रा आयुष्मा राईले कवितात्मक शैलीमा गाएकी छन् । 

गीतको शीर्षक छ, ‘डाढे छिमेकी’ । गीतमा भारत कस्तो खालको छिमेकी हो र नेपाली कस्ता स्वभावका हुन्छन् ? अब के गर्नुपर्छ ? भन्ने विषय समेटिएको छ । टाइमलाइन स्कुल व्यवस्थापन समितिका अध्यक्ष नवराज रिजालले भारतले नेपाली भूभाग अतिक्रमण गरेपछि जागरण जगाउने उद्देश्यले राष्ट्रिय भावको गीत तयार पारेको जानकारी दिए ।