बिहीबार
२२ जेठ
२०७७

राष्ट्र पहिलो भन्दै नेपाली सेना पुग्यो सीमा सुुरक्षामा, राख्यो सुरक्षा पोस्ट

शुक्रबार जेठ ९, २०७७/ Friday 05-22-20

काठमाडौं । भारतले मुलुकको सीमा मिचिरहँदा नेपाली सेना धार्चुलाको ब्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा तैनाथ भएको छ । नेपाली सेनाकाअनुसार बिहीबार सो क्षेत्रमा एक सेक्सन फौन तैनाथ भएको हो । 

महाकाली करिडोर (दार्चुला टिंकर सडक योजना) अन्तर्गत उत्तरी तर्फ रहेको ८७ किलोमिटर किलोमिटर सडक खण्ड नेपाली सेनाले बनाउने सरकारको निर्णयअनुसार सो क्षेत्रमा सेना पुगेको हो । 

ब्यास गाउँपालिका २ स्थित घाँटीबगर क्षेत्रमा २ मिटर चौडाइको ४५० मिटिर गोरेटो बाटो निर्माण कार्यका लागि आवश्यक बस्तोबस्तीको निम्ति जेठ गते बिहान ११ बजे सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

धार्चुलाको लिपुलेक क्षेत्रमा भारतले बाटो बनाएपछि दुई देशबीचको सम्बन्धमा चिसोपन बढिरहेका बेला नेपाली सेना सो जिल्लामा पुगेको हो । केही महिनाभित्र सो बाटो निर्माण गर्ने लक्ष्यसाथ सेना पुगेको हो । 

सो बाटो बनेपछि  नेपालीहरु भारतीय बाटो प्रयोग गरेर आवतजावत गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । नेपालीको सो अवस्थालाई अन्त्य गर्न नेपाली सेना सो क्षेत्र पुगेको हो ।