बिहीबार
२२ जेठ
२०७७

संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

शुक्रबार जेठ ९, २०७७/ Friday 05-22-20

काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा पेस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ। प्रतिनिधिसभाको अघिल्लो बैठकमा प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनको प्रस्ताव चाँडै आउने र संसद्मा पेस हुने जानकारी गराएका थिए ।

नेपालले जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन। निशान छापमा पनि यी भूभाग नसमेटिएकाले संशोधन प्रस्ताव लैजान लागिएको हो । संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुई तिहाइ बहुमत चाहिने व्यवस्था छ ।