बिहीबार
२२ जेठ
२०७७

भारतीय पूर्व सैनिकको खुलासा– कम्युनिष्टलाई सत्तामा पुर्‍याउन, हिन्दूराष्ट्र र राजसंस्था हटाउन भारतको भूमिका

शुक्रबार जेठ ९, २०७७/ Friday 05-22-20

काठमाडौं । नेपाल भारतबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ । नेपालको सीमा मिच्दै आएको भारतले अहिले अतिक्रमित भूमिमा बाटो बनाउनेदेखि आफ्ना राजनीतिक नक्सामा पनि समेट्न थालेपछि दुई देशबीच विवाद बढेको हो । 

तर, यही विवादका बीच नेपालमा भनिँदै आएको ‘नेपालको राजनीतिक परिवर्तनमा भारतको खेल’ भन्ने चर्चालाई एक भारतीय पूर्वसैनिकले पुष्टि गरेका छन् । 

केही दिनयता लगातार भारतीय सञ्चार माध्यममा छाइरहेका भारतीय सैनिकका पूर्व मेजर जनरल गगन दीप बक्शी (जीडी बक्शी)ले भारतले नेपालको माओवादीलाई समर्थन गर्दै सत्तामा पु¥याउनेदेखि अन्य राजनीतिक परिवर्तनमा खेलेको भूमिकाको कारण अहिले भारतलाई नै अप्ठ्यारो पारेको बताएका छन् । 

भारतकै छत्तिसगढमा माओवादीले दुःख दिइरहेका बेला भारतले नेपालको माओवादीलाई समर्थन गरेर कम्युनिष्टलाई सत्तामा पु¥याउने, राजनसंस्था र हिन्दू राष्ट्र हटाउने कार्य गलत रहेको अहिले पुष्टि भएको पूर्व मेजर जनरल बक्शीले आफ्नो अन्तर्वार्ताहरुमा बारम्बार दोहोर्‍याइरहेका छन् । 

मुलुकमा १० वर्ष माओवादी सशस्त्र संघर्ष हुँदा नेकपा माओवादीका शिर्ष नेताहरु भारतमै रहेका भनिने गरिएको छ । साथै तत्कालीन सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे सहमति पनि भारतमै भएको थियो । 
 

 

भारत बौलायो ???????? भारतमा हङ्गामा पुरै भारत कामेको अबस्था १.नेपालके राजनीतिमे चाइनाके साथ। २.कोरोना भाइरस भारत ने बेजदिया चीन के हुवान से नै एसा बोलरहा हे नेपाल। रोटी बेटिको समन्ध एक ठाँउमा छ #go_back_india छोटा भाइ हो भनेर भाईको अशं खोस्न मिल्छ ? हाम्रो भुमी फिर्ता दे। अन्तिम सम्म हेर्नूहोला

Posted by Prawin Chaulagain on Wednesday, May 20, 2020