बिहीबार
२२ जेठ
२०७७

नयाँ नक्सा जारी गरेपछि सरकारद्वारा संविधान संशोधन विधेयक दर्ता

शुक्रबार जेठ ९, २०७७/ Friday 05-22-20

काठमाडौं । मुलुकको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । 

शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले शुक्रबार अपरान्ह संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । 

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर बुधबार जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि सो विधेयक दर्ता गरिएको हो । 

संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ। प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ।