बिहीबार
२२ जेठ
२०७७

नेपालको नयाँ नक्शा राजपत्रमा प्रकाशित

शुक्रबार जेठ ९, २०७७/ Friday 05-22-20

काठमाडौं -  कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नेपालको नयाँ नक्शा शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले लिम्पियाधुरासहित नेपालको नयाँ नक्शा राजपत्रमा प्रकाशित गरेको हो । 

सरकारले गएको सोमबार पारित गरेको लिम्पियाधुरासहितको नयाँ नक्सा बुधवार सार्वजनिक गरेको थियो । आज राजपत्रमा प्रकाशित भएको नेपालको नयाँ नक्सा अब सबै मन्त्रालय र प्रदेश सरकारसहित सबै कार्यालयलाई पठाइने जनाइएको छ ।

।