बिहीबार
२२ जेठ
२०७७

फेरि थप ९ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमित संख्या ५ सय १६ पुग्यो

शुक्रबार जेठ ९, २०७७/ Friday 05-22-20

काठमाडौं - शुक्रबार फेरि थप ९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बारामा ६ र  सप्तरी, मकवानपुर र भक्तपुरमा एक एक जना गरी थप ९ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमित हुनेमा बाराका २२, २७,  ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष, मकवानपुरकी ५४ वर्षीया महिला, भक्तपुरकी ४२ वर्षीया महिला र सप्तरीका ३५ वर्षीया पुरुष रहेका छन् ।   

मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । भने मृत्यु हुनेको संख्या ३ पुगेको छ ।