बिहीबार
२२ जेठ
२०७७

आज देशका यी स्थानमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

शनिबार जेठ १०, २०७७/ Saturday 05-23-20

काठमाडौँ - शनिवार देशका केह िस्थानको मौसममा बदली भई मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेको चक्रवात र स्थानीय वायुको प्रभावले आज दिउँसोपछि देशको पश्चिमी पहाडी भू(भागका स्थानमा बदली भई पानी पर्ने जनाइएको छ । 

त्यस्तै आज देशको मध्य तथा पूर्वी भुभागका स्थानमा पनि बदली भई मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ । आज राति पनि देशको मध्य तथा पूर्वी  र पश्चिमी भू(भागका केही स्थानमा बदली भई मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।