बिहीबार
२२ जेठ
२०७७

विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट)

शनिबार जेठ १०, २०७७/ Saturday 05-23-20

काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिवार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ९ सय ९२ पुगेको छ भने संक्रमितको संख्या ५३ लाख ३ हजार ७ सय १५ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका २१ लाख ५८ हजार ५ सय १४ जना उपचारपछि निको भएका छन् । 

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ९७ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १६ लाख ४५ हजार ९४ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ४ लाख ३ हजार २ सय १ जना निको भइसकेका छन् । 

त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ हजार ६ सय १६ पुगेको छ भने संक्रमितको संख्या २ लाख २८ हजार ६ सय ५८ पुगेको छ । त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २८ हजार ६ सय २८ पुगेको छ भने संक्रमितको संख्या २ लाख ८१ हजार ९ सय ४ पुगेको छ ।