आइतबार
१ मङ्सिर
२०७६

सरकार ! ३ लाख तिरेर नागरिक बन्नु ?

शुक्रबार भदौ २७, २०७६/ Friday 09-13-19

डा‍. अरुणा उप्रेती । डा. मिना आचार्यले पंचायत कालमा नै आफ्नी छोरीको नागरिकता आमाको नामबाट लिइ सकेकि थिइन् । अहिले कती महिला र पुरुष पनि आफु नेपाली हुँ भनेर गर्व गर्नु पर्ने अबस्थामा नागरिकता नपाएर खिन्न छिन । बामपन्थी आन्दोलनमा लागेका साथीहरु र बामपन्थीका सबै घोषणा पत्रहरुले ‘आमाको नामबाट नागरिकता दिने’ भने। पहिले पहिले उनीहरुको भाषणमा चिन र पूर्वसोभिएत संघ जस्तै नेपाली महिलाहरुको राजनैतिक, सामाजिक, कानुनी अधिकार हुनुपर्छ भनेर गर्जने गर्थे, सिहंको जस्तmै उक्त गर्जन बिरालोको म्याउ, मुसाको चिहीं जस्तो गदै अहिले त पूर्ण रुपले बिलाएको छ,बामपन्थी सरकारमा ।

दुई बर्ष अघि, वाम राजनितीमा लामो समयसम्म लागेकि एक महिलाले मलाई भनेकि थिइन् “मेरो छोरीको नागरिकता मेरो नाममा बनाउन मैले सरकारी कमैचारी र नेतालाई ३ लाख रु दिनु प¥यो ।” (अर्थात घुस खुवाउनु प¥यो) । त्यो घुस दिएको र लिएको कतै पनि “नदेखिएको हुनाले” प्रमाण त छैन तर छोरीले आमाको नाममा पाईसकेर विदेशमा गइसकेकि छिन् ।

यदि संबिधानले नदिएको भए, के प्रत्येक छोरी जसले पनि २र३ लाख रु दिएर आमाको नाममा नागरिकता बनाउन सक्ने ब्यवस्था गरिएको छ ? काग्रेस सरकार हुदाँ पनि यहिँ प्रश्न गरिरहन्थौँ, तर काग्रेससँग धेरै आशा थिएन तर लेनीन र माओका अनुयायीहरुले “महिला अधिकार र नागरिकताको लागि” काम गर्लान भन्ने लागेको थियो । तर अपसोच ।

शायद नेताका छोरीहरुको संन्तानको लागि ‘नागरिकता’ मा समस्या परेको भए जसरी भए पनि “आमाको नाममा नागरिकता दिनुपर्छ” भनेर काग्रेस र बामपन्थी नेताले मोटर जलाउथें, टावरहरु फोड्थे, स्कुल कलेज बन्द गर्थे । तर हाम्रा नेताहरुलाई यस्तो समस्या छैन । उनीहरुको नातिनातिनाको नागरिकता त छोरीको नाममा सहजै बन्छ (वा २(३ लाख रु फ्यालिदिए पछि त पक्कै बन्छ), नेपाल सरकारलाई question कति महिलाहरुले आफ्नो सन्तानको नागरिकता आफ्नो नाममा बनाएका छन् । तर २ लाख देखि ५ लाख रु तिरेर । किनभने नेपाली नागरिकता किन्न सकिने रहेछ ।? Can we say , नेता र सरकारी अफिसमा ‘उपहार’ देउ नेपाली नागरिक ?बन्न ।

(अरुणाको फेसबुकबाट साभार गरिएको)