• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

वर्षा राउत फेरि विवादमा, अमेरिकाबाट नायिका जल शाहले फर्काइन् कडा जवाफ

जेठ १२ २०७७
  • 50.8K
    SHARES
  • वर्षा राउत फेरि विवादमा, अमेरिकाबाट नायिका जल शाहले फर्काइन् कडा जवाफ

    काठमाडौं ।  नायिका वर्षा राउत फेरि आफ्नो अभिव्यक्तिका कारण विवादमा परेकी छन् । विवादमा परेपछि आफ्नो अभिव्यक्तिलाई सच्याउने क्रममा वर्षा फेरि विवादमा परेकी हुन् । 

    सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल भारतबीचको सम्बन्धमा बढेको चिसोपनाका कारण आफ्ना भारतीय फ्यान र कलाकारलाई आफूले के भन्ने र उनीहरुले मलाई के भन्लान् भन्ने वर्षाको अभिव्यक्ति विवाद परेको थियो । पछि आफ्नो अभिव्यक्तिलाई सच्याउँदै उनले क्षमा पनि मागिन् ।

    यही बेला पत्रकार ऋषि धमलालाई दिने क्रममा उनले आफू देशलाई माया गर्ने भएकाले विदेश नगएको बताउँदै आफ्नो विवादित अभिव्यक्तिको बचाउ गरिन् । सोही क्रममा उनले भनिन्, ‘म देशलाई माया गर्छु त्यसैले म विदेशको पिआर लिएको छैन।’ 

    उक्त अभिव्यक्तिले फेरि उनलाई विवादमा परेको छ । विदेशमा रहेका कलाकारहरुले देशको माया गर्न स्वदेशमै बस्नु नपर्ने, तर योगदान भने दिनु पर्ने तर्क गर्दै वर्षाको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै प्रतिवाद गरेका छन् । 

    नायिका वर्षाको अभिव्यक्तिप्रति आपत्ति जनाउने कलाकार मध्येकी एक हुन् नायिका जल शाह । उनी हाल अमेरिकामा रहेकी छन् । 

    सामाजिक सञ्जाल फेसबुकमा नायिका जल शाह लेख्छिन् – 

    आफ्नो नेपाल आमालाई माया गर्न नेपालमै बस्नु पर्छ ? नेपालीहरू विश्वभर छरिएर बसेका छन् । केही मानिसको बोली अनुसार, म देशलाई माया गर्छु, त्यसैले म विदेशमा बसेको छैन यो कस्तो मानसिकता हो ?कत्तिको जायज छ? तर यदि तपाइँको देश प्रतिको कर्तव्य र योगदान हेर्ने हो भने त्यो त शून्य छ। नेपालमा बस्दैमा आफू मात्र इमान्दार ? कस्तो खोक्रो बोली छिन छिनमा बदलिँदै जाने ? नेपाली दाजुभाई, दिदिबहिनीहरू कोहीपनि आफ्नो देश र परिवारबाट टाढा हुन चाहन्नन् , संसारभर छरिएर उनीहरू आफ्नो शीप अनुसारको काम गरिरहेका छन्, आफÞनो परिवारको पेट पालिरहेका छन् ।

    उनीहरूलाई, मलाईं जस्तै देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमति चाहिन्छ र ? देशमा जुनसुकै विपत्ति आइपर्दा पनि विदेशमा बस्ने नेपालीहरू एक भएर अगाडि बढेका छन् ,सहयोगका लागी।नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा ? नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का ? नेपालीको पनि दुइवटा जात हुन्छ र ? के बाहिर वस्ने नेपाली , नेपाली नै होइनन् ? देशमा बसेर ठूलो ठूलो गफ हाकेर आफÞनो देशलाई ठग्न र नङ्ग्याउन हामीलाई त आउँदैन । हामीलाई आफ्नो देश रक्षाको लागी मर्न चाही पक्कै आउँछ । खोक्रो राष्ट्रवाद मुर्दाबाद। जय देश ।

    \"\"


     


    जेठ १२, २०७७ सोमवार १३:०२:०० बजे : प्रकाशित

    अर्कोसमाचार

    गायक हेमन्त शर्मालाई असफल मायालुको जवाफ– सिरानी आँसुले भिजाउँछ

  • 808
    SHARES
  • गायक हेमन्त शर्मालाई असफल मायालुको जवाफ– सिरानी आँसुले भिजाउँछ

    काठमाडौं । गायक हेमन्त शर्माले नयाँ म्युजिक भिडिओ सार्वजनिक गरेका छन् । ‘ए मेरी असफल मायालु’ बोलको गीतमा गायक शर्माको स्वर रहेको छ भने उनलाई गायिका एलिना चौहानले साथ दिएकी छन् । 

    गीतमा आफ्नी असफल प्रमिकालाई गायक शर्माले प्रश्न गरेका छन्, ‘ए मेरी असफल मायालु तिमीलाई मेरो याद आउँछ कि आउँदैन् ?’

    जवाफ स्वरुपमा गायिका एलिनाले भनेकी छन्, ‘कसरी बताउँ कति याद आउँछ, सिरानी आँसुले सधैं भिजाउँछ ।’ उक्त गीतको भिडिओमा गायक शर्मा र गायिका एलिनाको अभिनय पनि रहेको छ । 

    उक्त गीतमा गायक शर्माकै शब्द सृजना र संगीत रहेको छ भने कृष्ण बिकेले संगीत संयोजन गरेका छन् । सो गीतका भिडिओलाई निकेश खड्काले निर्देशन गरेको हुन् । 


    जेठ ३१, २०७८ सोमवार १७:२५:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हेमन्त शर्मा

  • क्यानाडा नेपाल

    पुराना छायाँकार प्रधानको निधन

    जेठ ३१

  • 334
    SHARES
  • पुराना छायाँकार प्रधानको निधन

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रका पुराना छायाँकार राम शंकर प्रधानको निधन भएको छ । उनको आइतबार बेलुका ७२ बर्षको उमेरमा निधन भएको हो । 

    लामो समयदेखि डायलासिस गराउँदै आएका उनको वीर अस्पतालमा निधन भएको हो । उनको सोमबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जनाइएको छ । 

    उनले सुन्दर मेरो नाम, फेरि तिम्रो याद आयो, लगनगाँठो लगायतका धेरै नेपाली चलचित्रको छयांकन गरेका थिए । उनको निधनप्रति नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले दुख व्यक्त गरेका छन् । 

     


    जेठ ३१, २०७८ सोमवार १८:४४:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन
  • लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा नेपाली मोडल अनिता

  • 346
    SHARES
  • लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा नेपाली मोडल अनिता

    काठमाडौं । बेलायतमा बस्दै आएकी नेपाली मोडल अनिता लिम्बुले बहुचर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागिता जनाएकी छन् । 

    सामाजिक सञ्जाल इन्ष्टग्राममा उनको कौशल देखेर आयोजक टिमले नै उनलाई उक्त शोमा भाग लिन आग्रह गरेको थियो ।  आयोजकको आग्रहपछि उनी उक्त शोको यात्रा तय गरेकी थिइन् । 

    उक्त रियालिटी शो आई टिभी टू च्यानलमार्फत गत हप्ता प्रसारण भएको छ । आई टिभी हब मार्फत उक्त कार्यक्रम जुनसुकै समयमा पनि हेर्न सकिनेछ । नेपालको ताप्लेजुङमा जन्म भई इटहरीमा  हुर्केकी उनले सानै उमेरदेखि मोडलिङ र डान्सिङमा दिलचस्पी राख्ने गरेकी थिइन् ।

    नेपालमा कक्षा १२ अध्ययन सकेर अध्ययनको शिलशिलामा बेलायत पुुगेकी उनले त्यहाँ ब्यूटी थेरापी सम्बन्धी अध्ययन पूरा गरिसकेकी छिन् । बर्हिगमको एक फेशन शोबाट मोडलिङ शुरू गरेकी उनले अक्सफोर्ड फेशन विक र लण्डन फेशन शो मा पनि भाग लिइसकेकी छिन् ।

    यस्तै अनिताले लण्डनमा आयोजना हुने प्राय फेसन–शो तथा मिस च्यारिटी लगायतका व्युटी कन्टेस्टहरुमा समेत भाग लिएर विभिन्न टाइटल अवार्ड जितिसकेकी छन्। ५ फिट ७ इञ्च उचाईकी अनिता डान्समा पनि अब्बल रहेकी छन्। लण्डनमा हुने विभिन्न च्यारिटी शोहरुमा डान्स गरेर धेरै सहयोग जुटाइसकेकी छन । 

    उनले धेरै नेपली म्युजिक भिडिओमा पनि अभिनय गरिसकेकी छिन ।नेपाली फिल्म अभिनयमा पनि आफ्नो रुचिको बिषय भएको बताउने उनी भविष्यमा चलचित्रमा अभिनय गर्ने सोच रहेको बताउँछिन् ।


    आषाढ १, २०७८ मंगलवार ११:२४:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सिक्रेट क्रस

  • क्यानाडा नेपाल

    मुन्द्रेलाई दीपकराजले भने - कहिले काहिँ मतभेदका छालहरू एकअर्कासँग ठोक्किए पनि हाम्रो गति कहिले रोकिदैन

    आषाढ १

  • 462
    SHARES
  • मुन्द्रेलाई दीपकराजले भने - कहिले काहिँ मतभेदका छालहरू एकअर्कासँग ठोक्किए पनि हाम्रो गति कहिले रोकिदैन

    काठमाडौं - चर्चित हास्यकलाकार जितु नेपालको आज जन्मदिन परेको छ । उनी आजबाट ४६ वर्षमा लागेका छन्। उनको जन्मदिनको अवसरमा कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन् । 

    दीपकराजले शुभकामना दिदै  घुमाउरो शैलीमा मतभेद स्वीकारेका छन् । टेलिभिजन शो मुन्द्रेको कमेडी क्लब चलाउदै आएका जितुले ‘महानायक’ विवादपछि दीपाश्रीलाई अध्यक्षबाट हटाएर करिश्मा मानन्धरलाई राखेका थिए । 

    त्यस बेलादेखि दीपकराज गिरी र दीपाश्री निरौला समुहसँग जितुको सम्बन्ध चिसिएको थियो । जितुले यस समुहसँग फिल्म ‘६ एकान ६’ देखि पछिल्लो फिल्म ‘छ माया छपक्कै’ सम्म काम गर्दै आइरहेका छन् ।

    मंगलबार जन्मदिनको अवसरमा दीपकराजले मतभेद रहेको स्वीकार गर्दै आफूहरुको गति कहिले नरोकिने बताएका छन् । उनले कहिले काहिँ मतभेदका छालहरू एकअर्कासँग ठोक्किए पनि आफूहरुको गति कहिले नरोकिएको र नरोकिने बताएका छन् ।

    उनले भनेका छन् - 'तपाइ संग जे छ ,त्यो म संग छैन ! म संग भएका तपाइ संग नहुन सक्छ !! सायद यहि एक अर्को संग नभएका कुरा अैचो पैचो गर्दै  एउटै खोलामा मिसियौ  र बग्दै गयौ निरन्तर कहिलेकाहि हाम्रा मतभेदका छालहरू एक अर्को संग  ठोक्किए पनि हाम्रो गति कहिले रोकिएन र रोकिदैन पनि !!'

    'तपाइ लाइ इश्वरले सधै उस्तै उर्जाशील र शृजनशील बनाइ रहुन् तपाइ संग भएका सकारात्मकताले तपाइमा भएका कमि कमजोरीलाइ परास्त गर्न सकोस! घर परिवारमा सुख शान्ति रहि रहोस !! जय मित्रता!! जन्मदिनको लाखौ करौडौ शुभकामना!!!'


    आषाढ १, २०७८ मंगलवार १५:११:४६ बजे : प्रकाशित

    मोडल निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन

    आषाढ १

  • 256
    SHARES
  • मोडल निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन

    काठमाडौँ - मोडल निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि कलाकारिता सिक्न भारतको देहरादुन गएकी २३ बर्षिय निशा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उनको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको थियो । 

    उनको अवस्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बीर सार्वजनिक गरेका थिए । 

    political leaders kotishwar niwas.jpg

    तस्बीरमा निशाको अवस्था दर्दनाकपूर्ण देखेपछि सहयोग गर्नुपर्ने भन्दै आवाज उठ्न थाल्यो । अहिले उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक मेघा चौधरीले निशालाई अस्पतालमा निःशुल्क उपचार गराइरहेकी छिन् । 

    अहिले उनको स्वास्थ्यमा सुधार हुँदै गइहरेको छ । अहिले देश तथा विदेशबाट उनलाई सहयोग गरिरहेका छन् । उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसादका नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ । ‘निशा घिमिरे संरक्षण कोष’को खाता नं ०२१०४०१८८३००९०१८ रहेको दाहालले जानकारी दिए ।  


    आषाढ १, २०७८ मंगलवार १८:३१:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निशा घिमिरे
  • केशव भावुकको ‘म मजदुर मायाको’सार्वजनिक 

    आषाढ २

  • 212
    SHARES
  • केशव भावुकको ‘म मजदुर मायाको’सार्वजनिक 

    काठमाडौँ । गायक केशव भावुकको नयाँ गीत सार्वजनिक भएको छ । गायक भावुक र गीतकार नमिता मिलेर ल्याएको ‘म मजदुर मायाको’ बोलको गीतको भिडियो हालै युट्युबमा सार्वजनिक गरिएको हो। गीतमा गायक भावुकको स्वर र नमिता दवाडीको शब्द शृजना  रहेको छ ।

    कोरोना महामारीको समयमा सांगीतिक बजार सुस्ताएका बेला गायक भावुक र गीतकार नमिताले नयाँ गीत बजारमा ल्याएका हुन् । गीतमा म मजदुर मायाकोमा प्रेम, विरह र विछोडका कथालाई मुख्य विषय बनाइएको छ ।

    गीतमा भावुककै संगीत रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । अशोक मर्हजनको मिक्सिगं रहेको गीतको छायांकन, सम्पादन र कलरिगं मिराज अर्यालको रहेको छ ।  यस्तै निर्देशन पनि अर्यालले नै गरेका हुन्  


    आषाढ २, २०७८ बुधवार १८:४३:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केशव भावुक