शुक्रबार
१९ असार
२०७७

नेपाली नायिकाको फेक अश्लील भिडियो सार्वजनिक, न्याय खोज्न पूजा शर्माकाे अपील

सोमबार जेठ १२, २०७७/ Monday 05-25-20

काठमाडौं । नेपाली एक नायिकाको फेक अश्लील भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्तामाझ पुगेको एक नायिकाको फेक अश्लील भिडियो सार्वजनिक भएपछि अहिले चलचित्र क्षेत्र तनावग्रस्त भएको छ । 

यसको कानुनी उपचारका लागि तयारी भइरहेको छ । नायिकासहितका व्यक्तिहरु यसबारे उजुरी दिन प्रहरीकोमा जाने तयारी गरिरहेका छन् । कसैको इज्जत र अस्मीतामाथि खेलवाड गर्नेविरुद्ध सबै एकजुट भएर कानुनी उपचार खोज्नु पर्ने नायिका पूजा शर्माले आह्वान गरेकी छन् । 

इण्डियन स्पाइडर स्क्वाइडले अझै केही नायिकाहरुको अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएको छ । एक नायिकाको फेक अश्लील भिडियो सार्वजनिक हुनु र इण्डियन स्पाइडर स्क्वाडको धम्कीले नायिकाहरु चिन्तित बनेका छन् । 

एक नायिकाको फेक अश्लील भिडियो सार्वजनिक भएपछि आपत्ति जनाउँदै नायिका पूजा शर्माले फेसबुकमा लेखेकी छन्, ‘यस्तो घटिया सोच र कार्य गर्नेहरु विरुद्ध हामी सबै विवेकशील प्राणी एक भएर लाग्नु जरुरी छ । कसैलाई पनि कसैको इज्जत अस्मितामा खेलवाड गर्ने अधिकार छैन । कलाकारलाई मात्रै नभर यो सबैलाई पर्न सक्छ । समयमै सजक हौँ । यसको विरुद्ध तुरुन्तै कानुनी उपचार खोजौँ । हाम्रो छात संगठन नेपाल कलाकार संघले तुरुन्तै पहल गरोस् । म हार्दिक अनुरोध गर्दछु । आफ्नो मात्र हैन अरुको पनि इज्जत गर्न सिकौं । यसकोविरुद्ध सबै एकजुट हौं । जय देश, जय नारी अस्मिता ।