शुक्रबार
१९ असार
२०७७

फेक अश्लील भिडियो सार्वजनिक गर्ने इण्डियन स्पाइडरको धम्की, नायिका आँचल शर्माले भनिन्, देशकाबारेमा बोल्दा यस्तो सहनु पर्ने ?

सोमबार जेठ १२, २०७७/ Monday 05-25-20

काठमाडौं । इण्डियन स्पाइडर स्क्वाडले नेपाली नायिकाहरुको फेक अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएको छ । यद्यपि एक नायिकाको भने उसले फेक अश्लील भिडियो सार्वजनिक गरेको छ । 

इण्डियन स्पाइडर स्क्वाडको धम्की आएसँगै नेपाली नायिकासहित सबैलाई स्तब्ध बनाएको छ । यसकाविरुद्ध सबै एकजुट भएर लाग्नु पर्ने आवाज उठिरहेका बेला नायिका आँचल शर्मा दवाडीले आफ्नो देशकाबारेमा बोल्दा नेपाली छोरी चेलीले यस्तो सहनु पर्ने भन्दै प्रश्न गरेकी छन् । 

फेक अश्लील भिडियो बनाएर नायिकाहरु चरित्र हत्या गर्ने  मानसिक तनाव दिने कार्य भएको भन्दै आँचलले यस गलत कार्यविरुद्ध सबै एक भएर अघि बढ्नु पर्ने बताएकी छन् । 

सामाजिक सञ्जाल फेसबुकमा आँचलले लेखेकी छन्, ‘आफ्नो देशको बारेमा बोल्दा , राष्ट्रिय एकताको बिषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपाली छोरी चेलीले यस्तो सहनु पर्ने ? जसले त्यस्ता प्रकारका अश्लिल भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका छन् तिनीहरुको विरुद्धमा एक भएर अघि बढ्न जरुरी छ । यति बेला तपाई समस्थ साथी भाई अनि शुभचिन्तकको साथको जरुरी छ मलाई । कृपया सहयोग गरिदिनुस ।’