शुक्रबार
२६ असार
२०७७

श्यामशरणको काठमाडौं ‘कनेक्सन’, संविधान संशोधन विधेयक कार्यसूचीबाट हट्यो

बुधबार जेठ १४, २०७७/ Wednesday 05-27-20

काठमाडौं । प्रतिनिधिसभामा बुधबार पेस हुने भनिएको संविधान संशोधनको विधेयक कार्यसूचीबाट हटाइएको छ । संसद् सचिवालयले बुधबार बिहान दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधनको (दोस्रो विधेयक) पेस गर्ने कार्यसूची थियो ।

तर, दिउँसो एकाएक संसद् सचिवालयले कार्यसूची हटाएपछि अनेक आशंका उब्जिएको छ । मंगलबार प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले राखेको प्रस्तावमा विपक्षी दलहरूले सहमति जनाएका थिएनन् । त्यसले गर्दा पनि संविधान संशोधनमा दुई तिहाइ बहुमत नपुग्ने भएकाले थप छलफल गरेर मात्र विधेयक बैठकमा पेस गर्ने मनस्थितिमा सरकार पुगेको छ ।

भारतका पूर्वविदेश सचिव श्यामशरण काठमाडौं आएर जनता समाजवादी पार्टीका संयोजक महन्थ ठाकुरलाई भेट्नु र संविधान संशोधनको विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइनु संयोग मात्रै नभएको स्रोतले बताएको छ । भारतले कुनै पनि हालतमा नयाँ नक्साका लागि गरिने संविधान संशोधनमा मतदान नगर्न जसपालाई दबाब दिइरहेको छ । त्यसैले जसपाले प्याकेजमै संविधान संशोधन गर्नुपर्ने अडान लिएको छ ।