बुधबार
२४ असार
२०७७

भारतीय मिडियाले भन्यो– भारतको कडा आपत्तिपछि नेपाल नक्सा विवादबाट पछि हट्यो

बुधबार जेठ १४, २०७७/ Wednesday 05-27-20

काठमाडौं । नेपालले आफ्नो भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेको नक्सालाई वैधानिकता दिन बुधबार संविधान संशोधन विधेयक संसदमा पेश गर्ने तयारी थियो । संघीय संसदको प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा ‘नेपालको संविधान (दोस्रो संशोधन)विधेयक २०७७’ पेश गर्ने उल्लेख थियो । तर, पछि यो बुँदा हटाएर नयाँ कार्यसूचीमा बैठक बस्यो । 

यसै विषयलाई लिएर भारतीय सञ्चार माध्यमहरुले भारतको कडा आपत्तिपछि नेपाल नक्सा विवादबाट पछि हटेको समाचार सम्प्रेषण गरेका छन् । नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले कडा आपत्ति जनाएपछि नेपाल सीमा विवादबाट पछि हटेको भारतीय सञ्चार माध्यम आजतकले समाचार छापेको छ ।  

‘नेपालले जारी गरेको नयाँ नक्सा संविधानको अंग बनाउन बुधबार संसदमा संविधान संशोधनका प्रस्ताव राख्ने तयारी थियो । तर, नेपाल सरकारले संसदको कार्यसूचीबाट आज संविधान संशोधनको कारबाही हटाएको छ’, आजतकले समाचार लेखेको छ । 

संविधान संशोधन नगर्न सत्तारुढ नेकपा तथा प्रतिपक्षी दलहरुबीच भएको सहमतिअनुसार कार्यसूचीबाट हटाएको दाबी गर्दे आजतकले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्साबारे राष्ट्रिय सहमति बनाउन बोलाएको सर्वदलीय बैठकमा सबै नेताहरुले भारतसँग कुरा गरेर विवाद समाधान गर्न सुझाव दिएको उल्लेख गरिएको छ । 

भारतसँगको वार्ताको तयारीका लागि नेपालले माहौल बनाउन संविधान संशोधन रोकेको आजतकले आफ्नो समाचारमा उल्लेख गरेको छ ।नेपालले नक्सा जारी गरेपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले प्रतिक्रिया जनाएपनि अरु राजनीतिज्ञ तथा सरकारका अधिकारीहरुले केही बोलेका छैनन् । एक पूर्व सचिवले नेपालको संविधान संशोधन रोक्नु पर्ने बताएका थिए ।

अहिले भारतका पूर्वविदेश सचिव श्यामशरण आएको चर्चाको माझ संविधान संशोधन विधेयक संसदमा प्रस्तुत नहुनु र नेपाल नक्सा विवादबारे पछि हट्नु भारतीय मिडियाको समाचार सम्प्रेषणले आम नेपाली नागरिक बेखुस देखिएका छन् । 


बुधबार प्रतिनिधि सभाकाे स‌ंविधान स‌ंशाेधन विधेयक पेस गर्ने सम्भावित कार्यसूची र हटाएर बैठक राखेकाे कार्यसूची :