बुधबार
२४ असार
२०७७

जापानमा एक नेपाली युवाको मृत्यु

बिहीबार जेठ १५, २०७७/ Thursday 05-28-20

काठमाडौं - जापानमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सापकोटा थरका २२ वर्षीय नेपाली युवा रहेका छन् । उनको पौडी खेल्ने क्रममा डुबेर  मृत्यु भएको हो। 

उनी बिहीवार अपरान्ह स्थानीय खिनुगावा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको शव केही घण्टापछि प्रहरीले निकालेको बताइएको छ । उनको शव प्रहरीले स्थानीय अस्पतालमा राखेको बताइएको छ । उनी विद्यार्थी भिषामा सन् २०१८ मा जापान गएका थिए।