शुक्रबार
१९ असार
२०७७

इरफानको निधन भएको एक मिहनापछि पत्नीले तस्बिर शेयर गर्दै लेखिन् यस्तो मनछुने स्टाटस

शनिबार जेठ १७, २०७७/ Saturday 05-30-20

काठमाडौं - बलिउड अभिनेता इरफान खानको एक महिनाअघि ५४ बर्षको उमेरमा निधन भएको थियो । उनको क्यान्सर रोगको उपचारका क्रममा निधन भएपछि धेरै बलिउड कलाकारले दुख व्यक्त गरेका थिए । त्यस समय उनको निधनले बलिउड नै शोकमा डुब्यो । यस्तै निधन भएको एक महिनापछि इरफानकी पत्नी सुतपाले उनलाई सम्झिदै एक स्टाटस लेखेकी छिन् ।

उनले आफ्नो पति गुमाएको एक महिना पछि इरफानसंग बिताएका राम्रा पलहरुको तस्बिर शेयर गर्दै हामी फेरी मिल्नेछौं भनेर लेखेकी छन् । सामाजिक सञ्जालमा उनले आफ्नो जिवनको रमाइलो पलका तस्बिर शेयर गरेकी छिन् । तस्बिर हेदा दुईजना कुनै पार्कमा रहेको बुझ्न सकिन्छ । जहाँ एउटा तस्बिर माइरफान खाँसको मैदानमा आराम गरेका छन् । कुनै तस्बिरमा उनीहरुले सेल्फी लिएका छन् ।

पुराना तस्बिर शेयर गर्दै उनले लेखेकी छन्, - 'यहाँवाट निकै टाढा, हर सहित र गलत भन्दा पनि अगाडी, एक खाली मैदान छ । म तिमीसंग त्यहाँ भेट्ने छु, हाम्रो आत्मा घाँसमा चैन संग आराम गर्नेछ जब अनि दुनिया कुरा गर्दागर्दै थाकिसकेको हुनेछ । यो केही समयकै कुरा हो, हामी फेरी मिल्ने समयसम्म यो दुनिया कुरा गर्नेछ । त्यतीबेला हामी दुई जना मिलिसकेका हुनेछौं ।'