शुक्रबार
१९ असार
२०७७

घरको भान्साकोठामा महिला मृत फेला 

शनिबार जेठ १७, २०७७/ Saturday 05-30-20

कैलाली - धनगढी उपमहनगरपालिका–३ स्थित विशालनगरमा एक विवाहित महिला आज मृत अवस्थामा फेला परेकी छन् ।

विशालनगरस्थित आफ्नो घरको भान्साकोठामा २३ वर्षीया जयन्ती जोशी  मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धानका लागि महिलाका श्रीमान्, सासू र नन्दलाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको बताइएको छ ।रासस