शुक्रबार
१९ असार
२०७७

भारतमा एक महिना लकडाउन थपियो, लकडाउन खुकुलो  

शनिबार जेठ १७, २०७७/ Saturday 05-30-20

काठमाडौं - भारत सरकारले थप एक महिना लकडाउन थप गरेको छ । अब भारतमा जुन ३० सम्म लकडाउन लागु हुने बताइएको छ । भारत सरकारले लकडउन थप गर्दै कोरोना संक्रमित नदेखिएका ठाँउमा लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ । 

पहिलो चरणमा जुन ८ देखि सबै धार्मिक स्थल, होटेल, रेस्टुरेन्ट, सैलुन खोल्ने निर्णय गरेको छ । त्यस्तै दोस्रो चरणमा विद्यालय, कलेजलगायतका शिक्षण संस्थाहरु खोल्ने र तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई उडान, मेट्रो रेल, फिल्म हल लगायत सञ्चालन गर्ने निर्णय गर्ेको जनाइएको छ ।