• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

कपिलवस्तुमा एकैदिन ७७ जनामा कोरोना संक्रमण पुष्टि

जेठ १७ २०७७
  • 1.7K
    SHARES
  • कपिलवस्तुमा एकैदिन ७७ जनामा कोरोना संक्रमण पुष्टि

    कपिलवस्तु - एकै दिन ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  आज भेटिएका संक्रमितमध्ये दुई  महिला  र अन्य पुरुष छन् । दश पालिकामध्ये आज महाराजगञ्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा गाउँपालिकामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । 

    संक्रमितहरु तीन साताअघि भारतका विभिन्न शहरबाट आई क्वारेन्टिनमा बसेको  प्रजिअ पौडेलले बताउनुभयो ।   महाराजगञ्जका १६ देखि ४५ वर्षसम्मका ३३  पुरुष हुनुहुन्छ । स्वास्थ्य संयोजक राधेश्याम कलवारका अनुसार वडा नं १ र  २ का एकएक,  वडा नं. ४ का दुई, वडा नं ७ का तीन, वडा नं ८ का १५, वडा नं ९ का सात र वडा नं १० का सात जना छन् । सोमबार २६० जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएकामा ३३ जनाको रिपोर्ट पोजेटिभ आएको संयोजक कलवारले बताउनुभयो ।

    संक्रमितलाई महाराजगञ्जको जानकी माविमा निर्माण गरिएको आइसोलेशनमा राख्ने तयारी गरिएको कलवारले बताउनुभयो ।  कृष्णनगरका १८ देखि ४५ वर्षसम्मका १६  पुरुषमा संक्रमण भेटिएको छ । स्वास्थ्य संयोजक अनिल विश्वकर्माका अनुसार भेटिएका संक्रमित वडा नं ६ का नौ, वडा नं ७ का तीन, वडा नं १० का दुई र  वडा नं १२ का एक जना  छन् ।  अर्का एक जनाको भने ठेगाना खुल्न नसकेको उहाँले जानकारी दिनुभयो । आइतबार १६७ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएकामा १६ जनाको रिपोर्ट आज पोजेटिभ आएको हो ।

    त्यस्तै यशोधरा गाउँपालिकाका १६ देखि ४८ वर्षसम्मका पुरुष २६  तथा २५ र  १९ वर्षीया दुई  महिला छन् । यशोधराका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुवेका अनुसार संक्रमित वडा नं ४ का सात, वडा नं ५ का १३ र वडा नं ८ का आठ जना  छन् । भेटिएका संक्रमितको स्वाब यही जेठ १२ गते  काठमाडौँको जनस्वास्थ्य प्रयोगशाला पठाइएको उहाँले बताउनुभयो । यससँगै कपिलवस्तुमा कोरोना संक्रमितको  संख्या २६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले राससलाई जानकारी दिनुभयो । तिनमध्ये १५ जना कोरोना जितेर घर फर्किसकेको जनाइएको छ ।रासस


    जेठ १७, २०७७ शनिवार २१:२७:०० बजे : प्रकाशित

    अर्कोसमाचार

    सर्लाहीमा विषाक्त घरेलु मदिरा सेवनबाट एकै गाउँका ८ जनाको मृत्यु

    आषाढ २

  • 198
    SHARES
  • सर्लाहीमा विषाक्त घरेलु मदिरा सेवनबाट एकै गाउँका ८ जनाको मृत्यु

    सर्लाही - सर्लाहीमा विषाक्त घरेलु मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा ब्रह्मपुरी गाउँपालिका–५ पडरियाका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास तथा भारत उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसाद रहेका छन् । 

    उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै मदिरा सेवन गरेका थप तीन जना पनि बिरामी परेका थिए । उनीहरु उपचारपछि निको भएको जनाइएको छ । मृत्यु कारणबारे थप  पत्ता लगाउन मृतकहरुको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब काठमाण्डौं पठाइने बताइएको छ । 


    आषाढ २, २०७८ बुधवार १४:४४:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सर्लाही
  • सर्लाहीमा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु

  • 156
    SHARES
  • सर्लाहीमा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु

    सर्लाही ।सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा विषाक्त घरेलु मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको छ ।

    नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो ।  
    मृत्यु हुनेमा पडरियाका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास तथा भारत उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसाद रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    मृतक तीनै जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदूर हुन् ।मदिरा सेवन गरेका थप तीन जना स्थानीयवासी बिरामी परेका छन् । उनीहरु उपचारपछि निको भएर घर फर्किएका छन् ।

    जिल्ला अस्पताल मलङ्गवाकाअनुसार मदिरा सेवनबाट सबैको मृत्यु भएको जानकारी आए पनि मृत्युको कारण पत्ता लगाउन मृतकहरुको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब काठमाडौंमा पठाउने तयारी गरिएको छ । 

     


    आषाढ २, २०७८ बुधवार १६:४०:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विषाक्त मदिरा

  • क्यानाडा नेपाल

    चितवनमा थप एक साता निषेधाज्ञा  

    आषाढ २

  • 232
    SHARES
  • चितवनमा थप एक साता निषेधाज्ञा  

    काठमाडौं - चितवनमा निषेधाज्ञा थप एक साता गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय चितवनले एक सुचना जारि गर्दै निषेधाज्ञा असार १० गतेसम्मका लागि थप गरिएको जानकारी गराएको हो । 

    यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति सकिदैछ । कोरोना संक्रमित घट्दै गए पनि युसको जोखिम अझै रहेको भन्दै चितवनमा असार १० गतेसम्म निषेधाज्ञा थप गरिएको हो । 

    यस्तै निषेधाज्ञामा स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी केही खुकुलो बनाउने निर्णय गरिएको छ । खाद्यान्न, तरकारी तथा फलफूल, दुध, डेरी लगायतका पसलहरु बिहान ६ देखि १० बजेसम्म खुला गर्न पाइने भएको छ । 


    आषाढ २, २०७८ बुधवार १८:५५:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चितवन
  • # निषेधाज्ञा
  • गोरखामा बाढीले ४ घर बगायो, थप सात घर उच्च जोखिममा 

    आषाढ २

  • 186
    SHARES
  • गोरखामा बाढीले ४ घर बगायो, थप सात घर उच्च जोखिममा 

    काठमाडौं - गोरखामा अविरल बर्षापछि आएको बाढीले ४ घर बगाएको छ । आइतबार रातिदेखि परेको वर्षापछि नदीमा आएको बाढीले चुमनुव्री गाउँपालिका-२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको हो । 

    बाढी सल्लेरी गाउँमा पसेर घर बगाएको जनाएको छ । नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको प्रहरीले जनाएको छ । 

    विस्थापित चारै परिवारलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ । नदीमा आएको बाढीले सल्लेरी गाउँका थप सात घर उच्च जोखिममा परेको छ । 


    आषाढ २, २०७८ बुधवार १९:५३:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाढी
  • मेलम्ची खानेपानी आयोजनाका ८ जना कामदार सम्पर्कविहीन

    आषाढ २

  • 204
    SHARES
  • मेलम्ची खानेपानी आयोजनाका ८ जना कामदार सम्पर्कविहीन

    काठमाडौं - अविरल बर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत ८ जना सम्पर्कविहीन भएका छन् । 

    सम्पर्कविहीन हुनेहरुमा ३ जना चिनियाँ, ३ जना भारतीय र २ जना नेपालीसहित ८ कामदार रहेका छन् । बेपत्ता भएको ८ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा खोजी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

    आयोजनाका अनुसार निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको छ भने उद्धार भएका सबैको अवस्था सामान्य रहेको छ । 

    आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ ।  


    आषाढ २, २०७८ बुधवार २०:३०:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मेलम्ची खानेपानी
  • कोरोनामुक्त भएको तिन दिनपछि एमाले नेता रोकायाको निधन

    आषाढ २

  • 170
    SHARES
  • कोरोनामुक्त भएको तिन दिनपछि एमाले नेता रोकायाको निधन

    बझाङ - नेकपा (एमाले)का बझाङ जिल्ला कमिटी सदस्य तथा खप्तड पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ । 

    खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँका रोकायालाई दुई हप्ता अघि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पताल सिमखेत र पछि थप उपचारको लागि डडेलधुरा प्रादेशिक अस्पताल लगिएको थियो ।

    पछिल्लो समयमा कोरोना रिपोर्ट नेगेटिभ आएको तिन दिनपछि उनको निधन भएको छ । थप उपचारका लागि काठमाडौँ लाने तयारी भए पनि मौसमले साथ नदिएको परिवारले जनाएको छ । विसं २०७४ को चुनावमा खप्तडछान्ना गाउँपालिका अध्यक्षका उम्मेदवार समेत भएका थिए । 

    उनको निधनले खप्तड छान्ना गाउँपालिकाले एक अशल अभिभावक गुमाएको रोकाया आफन्त समेत रहेका वडाध्यक्ष भीम रोकायाले बताए । रोकायाका श्रीमती, दुई छोरा र एक छोरी छन् । रोकायाको निधनमा एमाले सुदूरपश्चिमका नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।रासस

     
     


    आषाढ २, २०७८ बुधवार २०:४०:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन