शुक्रबार
२६ असार
२०७७

आफ्नी बहिनीलाई कोरोनाबाट बचाउन अक्षय एक्लैले बुक गरे जहाज

आइतबार जेठ १८, २०७७/ Sunday 05-31-20

एजेन्सी - भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित हुने मानिसहरुको संख्या तिव्र गतिमा बढिरहेको छ । कोरोनाकै कारण फिल्मी कार्यक्रमहरु पनि बन्द हुँदा अहिले बलिउडका सबै कलाकारहरु घरमै बस्न बाध्य छन् । धेरै कलाकारले अहिले कोरोनाको रोकथामको लागि गरिएको लकडाउनमा समस्या परेकाहरुलाई सहयोग गरिरहेका छन् । 

कलाकारहरुले सबैलाई सामाजिक सञ्जालमार्फत पनि कोरोनाबाट बच्न जनचेतनामुलक कुराहरु बताइरहेका छन् । यस्तो अवस्थामा कोरोनाको लडाइमा सहयोग गरिरहेका अभिनेता अक्षय कुमारको एक नयाँ खबर बाहिरिएको छ । 

भारतिय मिडियाका अनुसार उनले आफ्नी बहिनीलाई कोरोनाबाट जोगाउन पूरा फ्लाइट नै किनेका छन् । उनले बहिनी अल्का भाटिया र उनका बच्चालाई कोरोनाबाट बचाउन भन्दै मुम्बईबाट दिल्ली पठाउँदा पूरा फ्लाइट नै बुक गरेको बताइएको छ । 

मुम्बईबाट दिल्लीका लागि बुक गरिएको विमानमा चारजना मात्रै सवार रहेको मिडियामा बताइएको छ । आफ्नी बहिनी र भान्जाभान्जीलाई बचाउन अक्षयले चालेको यो कदमको अहिले भारतिय मिडियाधर चर्चा चलिरहेको छ । 

बहिनीलाई कोरोनाबाट बचाउन जहाज बुक गरेको खबर झुठो भएको भन्दै अक्षयले पोखे आक्रोश