शुक्रबार
२६ असार
२०७७

कहिलेबाट खुल्छ विद्यालय र एसईई, कक्षा ११ र १२ काे परीक्षा कहिले ? शिक्षा मन्त्रालयको यस्तो विज्ञप्ति

आइतबार जेठ १८, २०७७/ Sunday 05-31-20

काठमाडौं । कोरोनाभाइरस नियनत्रणका लागि सरकारले गरेको लकडाउनका कारण मुलुकभरको शैक्षिक गतिविधि ठप्प छ । लकडाउनका कारण नयाँ शैक्षिक सत्रका गतिविधि र एसईई र कक्षा ११ र १२ को परीक्षा पनि रोकिएको छ । 

निजी विद्यालयहरुले यही जेठ २१ गतेदेखि नयाँ भर्ना लिने बताइरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आइतबार विज्ञप्ति निकालेर महामारीको स्थिति र अवस्थालाई हेरी विद्यार्थीको पठन पाठनलाई विभिन्न माध्यम प्रयोग गरी सुचारु राख्ने तथा स्थगन भएका परीक्षाहरु सञ्चालन गर्ने सम्बन्धमा आवश्यक र उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय निरन्तर लागिरहेको जानकारी दिएका छन् । 


मन्त्री पोखरेलले आइतबार जारी गरेको यो तीन पृष्ठको विज्ञप्ति :