बुधबार
२४ असार
२०७७

पाल्पामा पहिलो पटक ३ जनामा देखियो कोरोना संक्रमण

आइतबार जेठ १८, २०७७/ Sunday 05-31-20

काठमाडौं - पाल्पामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । पाल्पामा पहिलोपटक ३ जनामा कोरोना स.क्रमण देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा माथागढी गाउँपालिका वडा नं ८ बहादुरपुरका १९ वर्षीय पुरुष र  रैनादेवी छहरा गाउँपालिकाका ३८, ४० बर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमित ३ जना नै भारतबाट आएका हुन् । उनीहरु गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । जिल्ला स्वास्थ्य कार्यालय पाल्पा उनीहरुसँग आएका अन्य व्यक्तिको खोजी भइरहेको जनाइएको छ ।