शुक्रबार
१९ असार
२०७७

बढ्यो बहराइन दिनारसहित केही देशको भाउ, हेर्नुहोस् सोमबारको विनिमयदर

सोमबार जेठ १९, २०७७/ Monday 06-01-20

काठमाडौँ - सोमबार बहराइन दिनारसहित अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार  एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ६९  पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ २९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर  ३३ रुपैयाँ ३१  तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ ३६ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८५ पैसा तोकिएको छ । 

एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ९० पैसा  तोकिएको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४८ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४९ रुपैयाँ ७१ पैसा  तोकिएको छ।

एक साउदी रियालको खरिददर ३२ रुपैयाँ  १४ पैसा  तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३० पैसा तोकिएको छ ।त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३३ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर १ सय ३४ रुपैयाँ ६२ पैसा रहेको छ। त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय २० रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २१ रुपैयाँ ६९ पैसा तोकिएको छ ।