बुधबार
२४ असार
२०७७

४ वर्षकी बालिकासहित २५ जनाले एकैपटक जिते कोरोनालाई, अस्पतालबाट डिस्चार्ज

सोमबार जेठ १९, २०७७/ Monday 06-01-20

काठमाडौं - नेपालमा थप २५ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् । भैरहवाको भीम अस्पतालमा उपचार गराइरहेका चार वर्षकी बालिका सहित २५ जना कोरोना संक्रमित सोमबार एकैपटक डिस्चार्ज भएका हुन् । 

डिस्चार्ज हुनेमा रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुका ५, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना  रहेका छन् । उनीहरुमा गैडहवा गाउँपालिकाका एकै घरका ६ जना पनि डिस्चार्ज भएको जनाइएको छ । 

डिस्चार्ज भएका उनीहरुलाई पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर बिदाई गरेका थिए ।