बुधबार
२४ असार
२०७७

ह्वाइटहाउस अगाडि प्रदर्शन उग्र भएपछि राष्ट्रपति ट्रम्पलाई लुकाइयो बंकरमा

सोमबार जेठ १९, २०७७/ Monday 06-01-20

एजेन्सी । अमेरिकाका विभिन्न सहरमा यतिबेला हिंसात्मक प्रदर्शन बढिरहेको छ ।  ह्वाइटहाउस अगाडि पनि हिंसात्मक प्रदर्शन भइरहेको छ ।

अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसअगाडि भएको प्रदशर्नले उग्र रूप लिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बंकरमा लुकाइएको तथ्य खुलेको छ ।

शुक्रबार राति ह्वाइटहाउस अगाडि भएको प्रदर्शनमा प्रदर्शनकारीले ढुंगमुढा गर्न थालेपछि उनलाई सेक्रेट एजेन्टहरूले सुरक्षाका लागि बंकरमा लगेको खुलेको हो। आपतकालीन सेवाका लागि बनाइएको बंकरमा ट्रम्पलाई करिब एक घन्टा लुकाइएको समाचार संस्था एसोसियट प्रेसले जनाएको छ। ह्वाइट हाउसले ट्रम्प बंकरमा गएकोबारे अझै पुष्टि गरेको छैन।