बुधबार
२४ असार
२०७७

यौनऊर्जा, क्षमता वृद्धि गर्न र गर्भधारणको अचुक जडिबुटी ‘शिवलिङ्गी’

सोमबार जेठ १९, २०७७/ Monday 06-01-20

काठमाडौं । शिवलिङ्गीको वैज्ञानिक नाम हो, ब्रायोनिया लैसिनोसा । यसलाई सामान्य भाषामा शिवलिङ्गी वा ईश्वरलिङ्गी पनि भन्ने गरिन्छ । योे जडिबुटी बिरुवा हो । यसलाई संस्कृतमा लिङ्गिनी, बहुपत्रा वा ईश्वरी भनिन्छ। यस विरुवाको फल पहेंलो र गोलाकार हुने गर्दछ। यसको बीऊ शिवलिङ्ग जस्तै दुरुस्तै देखिने भएकोले शिवलिङ्गी भनिएको हो।

पुरातन कथनअनुसार महिलाहरुले विशेषगरी शिवलिङ्गीलाई गर्भपातबाट बच्न वा गर्भधारण गर्न सेवन गर्ने गर्दथे । तर, बढिरहेको आधुनिकरणका कारण यसको लोकप्रियता घट्दै गएको छ।यसैगरी, आयुर्वेदमा अझै पनि यस शिवलिङ्गीलाई बाँझोपन निर्मुल गर्ने एक चमात्कारी औषधिको रुपमा उल्लेख गरिएको छ। प्राचिन समयमा यसलाई यौन ऊर्जा बढाउने र प्रजनन् क्षमता बढाउने जडिबुटीको रुपमा हेरिन्थ्यो। 

शिवलिङ्गीको बीउमा पुरुषको हर्मोनलाई प्रभाव पार्ने भएकाले यसलाई आयुर्वे्दिक चिकित्सकहरूद्वारा कामोद्दीपक औषधिको रुपमा लिएको हो। साथै यस बीउको उचित मात्रामा प्रयोग गर्दा पुरुषको यौन क्षमता बढाउने र शुक्राणुहरूको वृद्धि गर्नुका साथै शुक्राणु कोशिकालाई विकास गरि शुक्राणु पोषणको स्तर पनि बढाउने गर्दछ। त्यसैगरी यसको ऊर्जाका कारण प्रजनन क्षमतामा वृद्धि हुने र जीवन परिवर्तन हुने कामहरु गर्दछ।

आयुर्वेदकाअनुसार शिवलिङ्गीको उचित सेवनले महिलाहरुको प्रजनन क्षमता र गर्भधारणको सम्भावना बढाउने गर्दछ। बाँझोपन हुनुको अनेकौं कारण मध्य एक मुख्य कारण भनेको थोरै संख्यामा वा कम मात्रामा डिम्बाशय जम्मा हुनु हो। यो एक यस्तो अवस्था हो जहाँ अण्डको संख्या कम हुने जसका कारण अण्डाशयले आफ्नो सामान्य प्रजनन क्षमता गुमाउँद छ।

यो स्थिति सामान्यता बिमारी वा चोटपटकको घटनाले हुने गर्दछ, तर यो समस्या बढ्दो उमेरका कारण देखापर्ने गर्दछ। शिवलिङ्गी बीउको उचित मात्र वा आयुर्वेदका चिकित्सकको निगरानीमा सेवन गरेमा महिलाहरुको मासिक चक्रको समस्या समाधान गरि कम ओभरियरन रिजर्वको समस्या पनि निर्मुल गर्ने आयुर्वेदमा भनिएको छ।