बुधबार
२४ असार
२०७७

सलमानको सहयोगी मन, प्रहरीलाई सहयोग गरे एक लाखको स्यानिटाइजर

सोमबार जेठ १९, २०७७/ Monday 06-01-20

काठमाडौं - बलिउडका चर्चित अभिनेता सलमान खान पछिल्लो समय कोरोनाभाइरसका कारण घरमै समय बिताइरहेका छन् । अहिले भारतमा कोरोनाभाइरसको संक्रमित संख्या तिव्र गतिमा बढिरहेको छ ।  

यस्तो अवस्थामा सलमानलगायत अन्य कलाकारले समस्यामा परेकालाई सहयोग गरिरहेका छन् । भारतिय मिडियाका अनुसार हालै उनले कोरोनाको महामारीमा खटिएका मुम्बई प्रहरीलाई सहयोग गरेका छन् । उनले  मुम्बई प्रहरीलाई स्यानिटाइजर वितरण गरेका हुन् । 
 
उनले फ्रन्टलाइनमा रहेका मुम्बई प्रहरीलाई एक लाख स्यानिटाइजर प्रदान गरेका हुन् । उनले प्रहरीलाई सहयोग गरेको बारे महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले ट्वीटरमा जानकारी गराएका छन् ।