बुधबार
२४ असार
२०७७

कोरोना महामारीकाबीच जापानमा गयो भूकम्प

सोमबार जेठ १९, २०७७/ Monday 06-01-20

टोकियो, एएनआई – जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो । भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो ।